दमौली, १५ असार । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मातृशोकमा रहेकी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्मा एवं परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
शाखाका अध्यक्ष डिपी अधिकारीको नेतृत्वमा आइतबार व्यास नगरपालिका-१४ स्थित घरमा पुगेको शाखाको टोलीले शर्मा र उहॉका परिवारजनप्रति समवेदना व्यक्त गरेको हो । शर्माका ममतामयी आमा डम्बरकुमारी पन्थको गत शनिबार निधन भएको थियो । पन्थको निधनले महासंघ स्तब्ध र मर्माहत भएको छ ।
सो क्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडैल, शाखाका उपाध्यक्ष प्रताप राना, सचिव कृष्ण न्यौपाने, सदस्य विकास खनाल, सुनिता आचार्य, मुना कालिराज विके, पत्रकारहरु श्रीहरी पौडेल, सविन लामिछाने सहभागी थिए ।