विपन्नलाई पोशाक वितरणका लागि दही चिउरा वितरण गरी २८ हजार सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपन्नलाई पोशाक वितरणका लागि दही चिउरा वितरण गरी २८ हजार सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८२, आईतवार

    दमाैली, १५ असार । सामाजिक अभियान्ता सुदीप गफ्फारले असार १५ मा दही चिउरा वितरण गरी रु २८ हजार सात सय ५० सङ्कलन गरेका छन् । विपन्न बालबालिकालाई पोशाक वितरण गर्ने उद्धेश्य सहित उनले आइतबार दही चिउरा वितरण गरी उक्त रकम सङ्कलन गरेका हुन् ।

    असार १५ मा दही चिउरा खाने प्रचलन रहेकाले सहयोग अभियानलाई यससँग जोडेको उनको भनाइ छ । उनले भने, “यो अभियानबाट सङ्कलित रकमले विपन्न विद्यार्थीलाई पोशाक वितरण गर्छौ ।”