दमौली, १७ असार । बन्दीपुर गाउँपालिका-६ स्थित अरुण माध्यमिक विद्यालयमा सिद्धान्त थापा मगरले एक लाखको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाको अध्ययनमा सघाउन थापाले एक लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयका पूर्व विद्यार्थी थापाले स्वर्गीय हजुरबुबा मोतिलाल थापा र स्वर्गीय हजुरआमा मन्धरा थापाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । उनले भने, ‘जुन विद्यालयले जीवन जिउने एउटा सुन्दर ज्ञान् ,कला र कर्म सिकायो । यही ज्ञान्क, ला र कर्मबाट आर्जन गरेको कमाइबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई टेवा पुगोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरेको हूँ ।’
वडाध्यक्ष बलबहादुर गुरुङको उपस्थितिमा थापाले उक्त रकम विद्यालयका प्रधानाध्यापक विशाल गौतमलाई हस्तान्तरण गरेका छन् ।