दमाैली, २१ असार । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर ४ फुला गुरङ्ग गाउँ निवासी जानकी माया बिकका ३४ वर्षीय माइला छोरा रोशन बिक (बमबहादुर) लामो समयदेखि क्षयरोग (टि.बी.) बाट पीडित छन्। हाल उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। केही समय अघि उनलाई मृगौला सम्बन्धी समस्या समेत देखिन थालेको छ, जसका कारण अहिले उनी हिँडडुल गर्न समेत असमर्थ भएका छन्।
आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचारका लागि अस्पताल सम्म लैजान सक्ने अवस्था नभएको उनकी आमा जानकी बिकले बताइन। छोराको उपचारमा लाग्ने खर्चको जोहो गरन नसकेपछि आमाले सर्वसाधारण संघसंस्था संग आर्थिक सहयोगको अपिल गरेकी छन्।
“छोरा बिरामी भएर ओछ्यान परेका छन्, उपचारका लागि अस्पताल लैजान सक्ने स्थितिमा छैनौं। सबैमा सहयोगको अपेक्षा राखेकी छु,” पीडितकी आमा जानकी माया बिकले बताइन्।
जो कोही सहयोग गर्न इच्छुक हुनुहुन्छ मोबाइल नम्बर ९८०८३९२२०४ / ९८१४१५३३६६ मार्फत सीधै सम्पर्क गर्न सकिनेछ। परोपकारी मन भएका व्यक्तिहरू तथा संघ–संस्थाहरूको सानो सहयोगले पीडित रोशन बिकको जीवन बचाउन सकिने परिवारले अपेक्षा गरेको छ।