प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, लिए उद्धार र क्षतिबारे जानकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन, लिए उद्धार र क्षतिबारे जानकारी

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८२, मंगलवार

    काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

    बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन् ।

    प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।