चितवन । रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक जनाको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार असई लालबहादुर श्रेष्ठको शव त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको हो ।
उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकोले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीले बताए ।
एसपी पुरीका अनुसार उनको शवलाई भरतपुर अस्पतालमा ल्याइएको छ । उनकाे श्रीमतीले श्रेष्ठको पहिचान गरेपछि उनी टिमुरेबाट बाढीमा बेपत्ता असइ भएको खुलेको एसपी पुरीले बताए ।