


चितवन, २५ असार । नारायणघाट-बुटवल सडकअन्तर्गत दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको छ ।
गए रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि लामो र छोटो दुरीका सवारी साधन बाटोमै रोकिएका छन् ।