क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८२, बिहीबार

    काठमाडौ, २६ असार । रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    खेलको सुरुवातदेखि नै हाबी देखिएको पिएसजीले पहिलो २४ मिनेटमा नै तीन गोलको अग्रता लिएको थियो । छैटौँ मिनेटमा फाबियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएको थियो। रियलका रक्षक राउल एसेन्सियाको गल्तीका कारण उनले पहिलो गोल गरेका थिए ।

    त्यसको तीन मिनेटपछि नै फ्रान्सेली विङ्गर ओसुमाने डेम्बेलेले अर्को गोल गरे । अक्राफ हाकिमी र डेम्बेले मिलेर बनाएको मुभमा रुइजले तेस्रो गोल गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा गोन्जालो रामोसले पिएसजीका लागि अन्तिम गोल गरे ।

    पिएसजीविरुद्ध कमजोर देखिएको रियलले भने एक गोलसमेत फर्काउन सकेन ।