


दमौली, २६ असार । व्यास नगरपालिका-३ सिर्जना टोल स्थित सिर्जना टोल आम समूहले गुरुपूर्णिमाकाे अवसर पारेर बिहीबार ज्येषेठ नागरिकलाई दोसल्ला, पुष्प गुच्छा र अबिर लगाएर सम्मान गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष अनुप रानाले निकै राम्रो उदाहरणीय काम गरेकोमा आमा समूहको प्रशंसा गरे। आमा समूहले बालबालिका तथा अभिभावक भेला गरी लागुऔषध, ट्राफिक, बाल अधिकार सम्बन्धि जानकारीमुलक कार्यक्रम पनि गरी सबै वर्ग समुदायलाई सचेत गराउने सराहनीय कार्य गरेकामा उनले धन्यवाद ज्ञापन गरे ।
निवर्तमान वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठले सिर्जना टोल आमा समूह सामाजिक कार्यमा अग्रणी स्थान ओगट्न सफल भएकामा प्रशंसा गर्दै यस्ता सकारात्मक कार्यमा सदा साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
सो कार्यक्रममा प्रमुख अतिथि अनुप रानाबाट दोसल्ला, अध्यक्ष सरिता श्रेष्ठबाट पुष्प गुच्छा, अबिर प्रदान गरी जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा मुक्तिनारायण श्रेष्ठ, सु. बलबहादुर रानाभाट, मिश्री नेवार, मान कुमारी श्रेष्ठ, केश बहादुर श्रेष्ठ, नन्द लाल पौडेल, लिलावती पौडेल, माया चुमी, कृष्णराज वाग्ले, मधुमाया वाग्ले, जाफिर महमद, मनमाया श्रेष्ठ, पार्वती श्रेष्ठ, भेगराम परियार, निल बहादुर थापा, देवकी पौडेल लगायतका बुबा आमालाई सम्मान गरिएको थियो।
आमा समूहको अध्यक्ष सरिता श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिर्जना टोल विकास संस्थाका उपाध्यक्ष कोपिला थापा, सु. बल बहादुर रानाभाट लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। उपाध्यक्ष शोभा रानाभाटले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राधिका गौतमले गरेका थिए।