म्याग्देमा जलवायु परिवर्तन र स्थानीय तहको भुमिका सम्बन्धि तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा जलवायु परिवर्तन र स्थानीय तहको भुमिका सम्बन्धि तालिम

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८२, शुक्रबार

    दमौली, २७ असार । चिल्ड्रेन नेपालद्वारा म्याग्दे गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको निम्ति जलवायु परिवर्तन र स्थानीय तहको भुमिका सम्बन्धि एक दिवसीय तालिम सम्पन्न गरेको छ ।

    चिल्ड्रेन नेपाल र म्याग्दे गाँउपालिकाको संयुक्त आयोजनामा संचालित उक्त तालिम गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजना भएको थियो । चिल्ड्रेन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शिब शर्मा चापागाँई, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ वन अधिकृत पुणेश्वर सुबेदी,र म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले तालिमको सहजिकरण गरेका थिए।

    चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संस्थाको तर्फबाट तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिमको उद्धेश्य माथी प्रकाश पारेका थिए ।

    म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिमले म्याग्दे गाउँपालिकावासीलाई उत्थानशिल जीविका प्रवद्र्धन गर्न योगदान गर्नुका साथै जलवायु चुनौती सामाना गर्दै अगाडी बढ्ने क्रममा महत्वपुर्ण योगदान गर्ने अपेक्षा गर्दै चिल्ड्रेन नेपालको कामको प्रशंसा गरे।

    अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिका जलवायु संकटबाट गुर्जदै आएको र यस तालिमले जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनका लागि महत्वपुर्ण योगदान गर्ने अपेक्षा गर्दै चिल्ड्रेन नेपालको प्रयासको प्रशंसा गर्दै गाँउपालिका यस अभियानमा सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    गाउँपालिकाका पदाधिकारी, कार्यपालिका सदस्य तथा कर्मचारीहरु गरी कुल ४४ जनाको सहभागीता रहेको थियो । यस तालिमको अवसरमा जलवायु परिवर्तनका कारण, अवसर न्युनीकरण र अनुकुलन रणनिति, नेपाल सरकारले तयार गरी लागु गरेका जलवायु निति तथा कार्यक्रम राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता, दिगो विकास लक्ष्य र स्थानीय तहको भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।