अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८२, सोमबार

    दमाैली, ३० असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५÷३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएका छन् ।

    दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरी अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।