


दमाैली, ३० असार । लियो क्लब अफ तनहुँले निशुल्क स्वास्थ्य शिविर गर्ने भएकाे छ । क्लवले दमौली सामुदायिक अस्पतालकाे सहकार्यमा स्वास्थ्य शिविर गर्न लागेकाे हाे ।
साउन ३ गते बिहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन हुने क्लवका अध्यक्ष राेविन श्रेष्ठले जानकारी दिए ।
सामुदायिक हितलाई प्राथमिकतामा राख्दै क्लवले अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीसहित विभिन्न रोगहरूको निःशुल्क जाँच तथा उपचार सेवा प्रदान गर्न लागेकाे जनाएकाे छ ।
शिविरमा पेट, छाती, मुटु, मिर्गौला, कलेजो, प्रेसर, सुगर, थाइराइड, हाडजोर्नी तथा नशा, बालरोग तथा स्त्रीरोग सम्बन्धी परामर्श प्रदान गरिनेछ ।