भिमादको बुढुवा खोलामा एक महिनामै बन्यो पुल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादको बुढुवा खोलामा एक महिनामै बन्यो पुल

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८२, मंगलवार

    दमौली, ३१ असार । तनहुँको भिमाद नगरपालिका-३ स्थित बुढुवा खोलामा एक महिनामै ट्रस पुल निर्माण भएको छ । यस ठाउँमा पुल नहुँदा स्थानीयवासीलाई खोला बढेको समयमा आवतजावतमा समस्या हुँदै आएको थियो ।

    वडा कार्यालयको रु ४० लाखको लागतमा २८ मिटर लम्बाइ भएको ट्रस निर्माण भएको हो । छोटो समयमै काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइएको भिमाद नगरपालिका-३ का वडाध्यक्ष पदम सेन ठकुरीले जानकारी दिए । सुनसरीस्थित आस्था निर्माण सेवाले पुल निर्माण गरेको हो ।

    वडाध्यक्ष ठकुरीले भने, ‘अन्तत वडा नम्बर ३ वासीकाे सपना साकार भयो, बुढुवाखोलाको सास्तीबाट अबदेखि मुक्त भइयो ।’ वडा कार्यालय नजिकै रहेको यो पुल निर्माण पश्चात् सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ ।

    यहॉ पुल नहुँदा बुढुवा खोला उर्लिदा वारपार गर्न समस्या हुन्थ्यो । हिउँदमा समस्या नभएपनि बर्खामा यहॉबाट वारपार गर्न मुस्किल रहेपछि वडा कार्यालयकै पहलमा पुल निर्माण गरिएको उनको भनाइ छ ।