


दमौली, ३१ असार । तनहुँ बन्दीपुरकी केशमाया (केशु) गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनित भएकी छन् ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको असार ३० गतेको निर्णय अनुसार गुरुङ सदस्यमा मनोनित भएकी हुन् ।
प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा (२) को खण्ड ऐनको दफा ३ को उपदफा (२) खण्ड घ बमोजिम प्रदेश खेलकुद परिषदको सदस्य पदमा मनोनयन गरी सोही ऐनको उपदफा ७ को उपदफा (१) बमोजिम पदावधि चार तोकिएको जनाइएको छ ।
गण्डकी प्रदेशमा खेलकुद संरक्षण, सम्वर्द्धन र विकास गर्ने गहन जिम्मेवारी सुम्पिएको हुँदा तोकिएको जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन हुने अपेक्षा गरिएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।