तनहुँमा २९ वर्ष पहिलाकाे हत्या अभियाेगमा फरार पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा २९ वर्ष पहिलाकाे हत्या अभियाेगमा फरार पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८२, बुधबार

    दमाैली, ३२ असार । कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    शाहीलाई २९ वर्ष तीन महिना पश्चात् विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । पक्राउ परेका शाहीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उनले बताए ।

    तनहुँको साविक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सीमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाको विषयमा विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहार गरी हत्या गरी शाही फरार भएका थिए । तनहुँ जिल्ला अदालतले विसं २०६० माघ २८ गते कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो । घटनापश्चात् शाही हालसम्म फरार रहेका थिए ।