देशको सबैभन्दा ठूलो अपराधी रवि लामिछाने हो भन्ने बनाइएको छ : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देशको सबैभन्दा ठूलो अपराधी रवि लामिछाने हो भन्ने बनाइएको छ : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८२, शुक्रबार

    दमाैली, २ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रवि लामिछानेलाई देशकै ठूलो अपराधी बनाउन सिङ्गो राज्य लागेको आरोप लगाएका छन् । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शुक्रबार आयोजित हस्ताक्षर अभियानमा बोल्दै वाग्लेले रवि लामिछानेमाथि सिङ्गो सरकार लागिपरेको बताए ।

    उनले भने, “के गर्दा सबैभन्दा धेरै सास्ती दिन सकिन्छ भनेर सरकार नै लागेको छ । राजनीतिक अभिष्टबाट प्रेरित चरम अभियोजन लगाइएको छ । पार्टीको बेग र गतिलाई रोक्नका लागि पार्टीमाथि र रवि लामिछानेमाथि प्रहार भएको छ ।”

    वाग्लेले इट्टाभट्टामा जलाउने मान्छे छुट्ने तर केही नगरेको रवि लामिछानेलाई अपराधी जसरी भैरहवाको गर्मीमा राख्ने काम भएको जिकिर गरे ।

    वाग्लेले आम जनताको रास्वपाप्रति आकर्षण बढेको बताउँदै त्यसलाई हस्ताक्षर अभियानले पुष्टि गरेको बताए । सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताउँदै उनले २०८४ को लागि अहिल्यैदेखि तयारी गर्नुपर्ने बताए ।