चामल बाेकेकाे ट्रक बेलभञ्ज्याङमा दुर्घटना हुँदा दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चामल बाेकेकाे ट्रक बेलभञ्ज्याङमा दुर्घटना हुँदा दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८२, शुक्रबार

    दमाैली, २ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१२ बेलभञ्ज्याङमा चामल बाेकेकाे ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    वीरगञ्जबाट स्याङजातर्फ जाँदै गरेको म.प्र.०३-००-२ ख ०५३४ नम्बरको चामल बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा ट्रक चालक र सहचालक घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    घाइते हुनेमा चालक नुवाकोटकाे बिदुर नगरपालिका-९ बस्ने २४ वर्षीय सुधन सुनार र सह-चालक साेही ठाउँ बस्ने २५ वर्षीय प्रदिप नेपाली रहेका छन् । उनीहरुकाे लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भइरहेको र अवस्था माध्यम रहेको प्रहरीले जनाएकाे छ ।