व्यास सहकारीद्वारा १९ कराेड ऋण लगानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास सहकारीद्वारा १९ कराेड ऋण लगानी

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८२, शुक्रबार

    दमाैली, २ साउन । व्यास नगरपालिकाकाे सबैभन्दा ठूलाे सहकारी व्यास बचत तथा ऋण सहकारी संस्थाले असार मसान्तसम्म रु १९ कराेड बढी ऋण लगानी गरेकाे छ ।

    दुई हजार एक सय तीन शेयर सदस्य रहेकाे संस्थाले रु १९ कराेड ४७ लाख ४६ हजार एक सय ७७ ऋण लगानी गरेकाे हाे ।

    रु ६ कराेड एक लाख ९४ हजार छ सय कुल शेयर रकम रहेकाे सहकारीमा जगेडा काेष रु दुई कराेड ५२ लाख ९३ हजार दुई सय आठ रहेकाे छ । त्यस्तै अन्य काेष रु एक कराेड ४० हजार चार सय २४ रहेकाे संस्थाले जनाएकाे छ ।

    रु १६ कराेड ७९ लाख ८६ हजार नाै सय १६ निक्षेप रहेकाे सहकारीकाे ऋण सुरक्षण काेष रु एक कराेड ४३ लाख ४७ हजार नाै सय ९१ रहेकाे छ । सहकारीले आर्थिक वर्ष २०८१/८२ मा रु दुई कराेड ९५ लाख ४९ हजार सात सय सात आम्दानी गरेकाे छ । सहकारीकाे कुल सम्पत्ति रु २९ कराे८ ३० लाख पाँच हजार ६ सय २३ रहेकाे जनाइएकाे छ ।

    May be an image of text