


दमौली, ३ साउन । १२३ इन्च लामो र २१.५ किलो तौलको खुर्पा बनाउने तनहुँको बन्दीपुर गाउँपालिका–२ का अर्जुन गजमेरलाई बन्दीपुर गाउँपालिकाले उनलाई सम्मान गरेको छ। उनलाई वडाबाट विनियोजित रकम रु ४० हजार प्रदान गरिएको वडाध्यक्ष तिलक कुँवरले जानकारी दिए।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार उक्त खुर्पा वडा नं २ को थारूवास पार्कमा राखिने भएको छ । उक्त खुर्पाले पर्यटक आकर्षित गर्ने थापाले बताए ।