देवघाटमा बोलबम मेला सुरु, भक्तजनको घुइँचो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा बोलबम मेला सुरु, भक्तजनको घुइँचो

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८२, सोमबार

    दमाैली, ५ साउन । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको छ । बोलबम मेला भर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउनको सोमबार यहाँ बोलबम मेलामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

    बोलबम मेला भर्न बिहानैदेखि भक्तजनको आगमन बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । समितिमा अध्यक्ष एवं सदस्य रिक्त रहेका कारण यस वर्षको बोलबम मेलाको तयारी कर्मचारीले गरेको उनले बताए ।

    बोलबम मेलाका लागि प्रत्येक सोमबार देवघाटमा हजारौं भक्तजन आउने गर्छन् । यसअघि बोलवम स्नान गर्न आउने भक्तजनको भिड हेरेर अनुमानको आधारमा यति सङ्ख्यामा भक्तजनको उपस्थिति रह्यो भन्ने तथ्याङ्क निकालिएकामा यस वर्ष भने कर्मचारी परिचालन गरी स्नान गर्ने भक्तजनको तथ्याङ्क सङ्कलन गरिने बरालले बताए । यसले गर्दा देवघाटको धार्मिक महत्वको प्रचारप्रसार गर्न सहयोग पुग्ने र भविष्यको योजना बनाउँदा सहयोग पुग्ने उनले बताए ।

    साउनमा त्रिशुली र कालिगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको बरालको भनाइ छ ।

    नदी किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको बरालले जानकारी दिए ।

    त्यसैगरि मेला अघि प्रत्येक आइतबार र मेला पछि प्रत्येक मङ्गलबार वेणी सङ्गममा सरसफाई गर्ने पनि बरालले बताउनुभयो । मेलामा आउने भक्तजनको सुरक्षाका लागि साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जनशक्ति थप गर्ने तथा चितवन तर्फ पनि सुरक्षा व्यवस्थाको लागि जिल्ला प्रहरी कार्यालय चितवन समक्ष अनुरोध गर्ने पनि बरालले जानकारी दिए ।