बिपी स्मृति दिवसमा रक्तदान : १९ पिन्ट सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिपी स्मृति दिवसमा रक्तदान : १९ पिन्ट सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८२, मंगलवार

    दमाैली, ६ साउन । ४३ औं बिपी स्मृति दिवसको अवसरमा तनहुँमा आयोजित रक्तदान कार्यक्रममा १९ पिन्ट रगत सङ्कलन भएको छ । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमितिले व्यास नगरपालिका–३ स्थित कार्यालय परिसरमा गरेको रक्तदानमा १९ जनाले रगतदान गरेका हुन् ।

    नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोगमा सञ्चालित रक्तदानमा पार्टीका नेता तथा कार्यकर्ताले रक्तदान गरेको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । दमौलीमा अस्पतालमा आवश्यक रगतको माग पूरा गर्ने उद्धेश्यसहित रक्तदानको आयोजना गरिएको खनालले बताए ।

    यसअघि व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिकामा रहेको बिपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । नेपाली काङ्ग्रेस तनहुँका सभापति एवं गण्डकी प्रदेशसभा सदस्य जितप्रका आलेले बिपीको सिद्धान्तलाई काङ्ग्रेसले अवलम्बन गरेको बताए । बिपी कोइराला काङ्ग्रेसको प्रेरणाको स्रोत रहेको बताउँदै उनले बिपीको सिद्धान्तलाई अवलम्बन गरेर अगाडी बढ्नुको विकल्प नभएको उल्लेख गरे ।