मानव बस्ती छिरेको बाघ नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मानव बस्ती छिरेको बाघ नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८२, मंगलवार

    चितवन, ६ साउन । चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती छिरेको बाघलाई नियन्त्रणमा लिइएको छ ।  

    भरतपुर महानगरपालिका–२७ स्थित बुद्धनगरबाट नेपाल आर्मी, प्रहरीको सहयोगमा निकुञ्जको प्राविधिक टोलीले मंगलबार बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए ।  

    उनका अनुसार नियन्त्रणमा ल्याइएको बाघको आनिबानिका विषय अध्ययन गरेर खोरमा राख्ने वा नराख्ने निर्णय गरिने छ । अहिलेसम्म यस बाघले मानिस तथा पशुमा क्षती पुर्‍याएको छैन । यद्यपि साउन ४ गते बुद्धनगरको झाडीमा बाघ देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।