म्याद अगावै कुलुङखोलामा पक्की पुल निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याद अगावै कुलुङखोलामा पक्की पुल निर्माण

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८२, बुधबार

    दमाैली, ७ साउन । तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । विसं २०८१ असोज तेस्रो सातादेखि निर्माण थालिएको पुल म्याद भन्दा अगावै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

    उक्त पुल निर्माणको काम समय अगावै निर्माण भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारको रु सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण गरिएको छ । पुल निर्माणका लागि एमएस ज्वालामुखी कन्स्ट्रक्सन धादिङसँग सम्झौता भएको थियो । ७४.२० मिटर लम्बाइ रहेको पुल विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको थियो ।

    सडक निर्माण भएको २५ वर्षपछि यहाँ पुल निर्माण गरिएको हो । पुल निर्माणले यस क्षेत्रका स्थानीयवासी हर्षित भएको भिमाद नगरपालिका–१ का वडा सदस्य दयाराम श्रेष्ठले जानकारी दिए । भिमकाली मोटरमार्ग निर्माण भएको २५ वर्षपछि यहाँ गण्डकी प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण भएको हो ।

    कुलुङखोलामा पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका छन् । पुल निर्माणपश्चात् यस ठाउँका सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्ने श्रेष्ठले बताए ।