दमौली, ८ साउन । नेपाल निजामति कर्मचारी संगठन तनहुँले सामुदायिक विद्यालयमा रु एक लाख राशीको अक्षयकोष स्थापना गर्ने भएको छ।
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संगठनले बन्दीपुर-२ स्थित शान्ति आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेको हो ।
विपन्न-दलित-जनजाति समुदायका बालबालिकाहरुको अध्ययनमा सघाउने उद्धेश्य सहित अक्षयकोष स्थापना गर्न लागिएको र सो को घोषणा आइतबार आयोजना हुने कार्यक्रममा गरिने संगठनका अध्यक्ष भगवान त्रिपाठीले जानकारी दिए।
सोही कार्यक्रममा संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई स्वागत एवं सम्मान गर्नेछ ।