दमाैली, ८ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी डुम्रे सडकखण्डमा बिहीबार तीन दुर्घटना भएका छन् । दुर्घटनामा मानवीय क्षति भने छैन ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा ३ ख ९००४ नम्बरको माइक्रो आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडकछेउमा दुर्घटनाग्रस्त भयो ।
त्यस्तै डुम्रे नजिक ग्यास बोकेको ट्याङ्कर टायर पड्किएर दुर्घटना भयो भने आँबुखैरेनी खण्डमै दुई वटा सवारी साधन ठोक्किएको थियो ।