दमाैली अस्पतालकाे ट्रान्सफर्मर परिवर्तन गर्न एक घण्टा विद्युत अवरुद्ध हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली अस्पतालकाे ट्रान्सफर्मर परिवर्तन गर्न एक घण्टा विद्युत अवरुद्ध हुँदै

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८२, बिहीबार

    दमाैली, ८ साउन । प्रदेश अस्पताल दमाैलीकाे ट्रान्सफर्मर परिवर्तनका लागि बिहीबार साँझ एक घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । राति ९ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेकाे हाे ।

    अस्पतालमा जडान भएकाे ट्रान्सफरमर जलेर सेवा अवरुद्ध भएकाले उक्त ट्रान्सफर्मर बदली गरि अस्पतालकाे विद्युत सुचारू गराउन आवश्यक भएकाेले दमाैली फिडरबाट आपूर्ति गरिएका सबै क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने जनाइएकाे छ ।