निजामती कर्मचारी सङ्गठनद्वारा रु एक लाखको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामती कर्मचारी सङ्गठनद्वारा रु एक लाखको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८२, आईतवार

    दमाैली, ११ साउन । नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले सामुदायिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेको छ ।

    सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमको अवसर पारेर सङ्गठनले बन्दीपुर गाउँपालिका–२ स्थित शान्ति आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेको हो ।

    उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक उन्नयनमा सघाउने उद्धेश्यसहित सङ्गठनले अक्षयकोष स्थापना गरेको अध्यक्ष भगवान त्रिपाठीले जानकारी दिए। विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकम आइतबार दमौलीमा आयोजित कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक दिपबहादुर केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगलाल थापालाई हस्तान्तरण गरिएको छ ।

    सङ्गठनलाई जीवन्त राख्न र जनतामा जोडिने उद्धेश्यसहित दलित तथा विपन्न विद्यार्थीको अध्ययन कार्यमा सहयोग गर्न अक्षयकोष स्थापना गरिएको त्रिपाठीको भनाइ छ ।

    उक्त विद्यालयमा ४१ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक दिपबहादुर केसीले जानकारी दिए। अक्षयकोषको वार्षिक रुपमा प्राप्त हुने व्याजबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।