


दमाैली, ११ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेले आइतबार गृहजिल्लाका करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाएकी छन् । तीन दिने भ्रमणकाे अन्तिम दिन आइतबार मन्त्री न्याैपानेले व्यास र भानुका एक दर्जन कार्यक्रममा सहभागिता जनाएकी हुन् ।
उनले व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरकाे अवलाेकन गर्दै समितिका पदाधिकारीसँग भेटघाट गरिन् ।
यस्तै मन्त्री न्याैपानेले व्यास नगरपालिकामा जनप्रतिनिधि एवं कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया गरिन् भने जिल्ला प्रशासन कार्यालय तनहुँमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँग छलफल गरिन् ।
यसैगरी जिल्ला समन्वय समितिकाे स्वागत, महिला उद्यमी सङ्घ तनहुँकाे स्वागत, निजामती कर्मचारी संगठन तनहुँकाे सप्ताहव्यापी कार्यक्रम, नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँकाे स्वागत कार्यक्रममा उनले सहभागिता जनाइन् ।
यसैगरी भानु नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीसँग भेटघाट, नेकपा एमाले भानु नगर कमिटीकाे स्वागत एवं सम्मान कार्यक्रमसँगै जन्मथलाेका विभिन्न कार्यक्रममा उनले सहभागिता जनाइन् ।