


दमौली, १२ साउन । आज साउन महिनाको दोस्रो सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । पहिलो सोमबार ३५ हजारभन्दा बढी भक्तजनले मेला भरेको र दोस्रो सोमबार पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको उनले बताए ।
महिला तथा पुरुष व्रतालुहरु पहँेलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहेको व्रतालु राधिका पाण्डेले बताइन् ।