


दमाैली, १२ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय समिर कार्की रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर आइतबार दिउँसो डिभाइडरमा ठोक्किदा गम्भीर घाइते कार्कीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।
मृतकका आफन्त सम्पर्कमा आइसकेको र शवको पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने उनले बताए ।