


दमाैली, १२ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँमा एक वर्षको अवधिमा एक हजार चार सय ६७ गुनासो प्राप्त भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न माध्यमबाट कार्यालयमा उक्त गुनासो प्राप्त भएका हुन् । प्राप्त भएका सबै गुनासो फछ्र्योट भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
नागरिक एपमार्फत् एक हजार एक सय, हेल्लो सरकारमार्फत् १३, कार्यालयमा निवेदनमार्फत् एक सय २२, क्युआर कोडमार्फत् १४ र विभिन्न माध्यममार्फत् दुई सय १८ गुनासो प्राप्त भएका थिए । सबै गुनासोको सुनुवाइ गरी फछ्र्योट गरिएको प्रजिअ अधिकारीले बताए ।
