


दमौली, १४ साउन । व्यास नगरपालिका-३ तरकारी लाइनस्थित पिन्टु (काले) किराना पसलका सञ्चालक धरौटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्धामा पसलका सञ्चालक जवाहित साह, मायादेवी साह र राजु साहलाई जिल्ला प्रशासन कार्यालयले बुधबार रु १६ हजार धरौटीमा रिहा गरेको हो।
प्लाष्टिक झोला अनुगमनका क्रममा पुगेको व्यास नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीलाई तथानाम गाली गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । उनीहरु पक्राउ परेको छैटौ दिनमै रिहा भएका हुन् ।