


दमौली, १५ साउन । मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको बन्दीपुर-४ विमलनगरमा एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेको छ । सोमबार राति खसेको ठूलो पहिरोका कारण यहॉ एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेको हो ।
ठूला ढुंगा खसेका कारण दुईतर्फी बनाउन पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।