


दमौली, १६ साउन । नेकपा एमाले निकट अनेरास्ववियु तनहुँको इन्चार्जमा विशाल ढकाल चयन भएका छन् । धुलिखेलमा सम्पन्न अनेरास्ववियुको सचिवालय बैठकले ढकाललाई जिल्ला इन्चार्जको जिम्मा दिएको हो ।
यस्तै अनेरास्ववियु तनहुँको संयोजकको जिम्मेवारी आशिष पौडेलले पाएका छन् ।