


दमौली, १६ साउन । नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय समितिले तनहुँ जिल्ला कार्यसमितिलाई उत्कृष्ट कार्यसमितिको रुपमा पुरस्कृत गरेको छ ।
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस – २०८२ को सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्ला कार्य समिति उत्कृष्ट कार्य समिति घोषणा भई पुरस्कृत भएको हो ।
केन्द्रको मूल्याङ्कनले आफूहरुलाई थप प्रोत्साहन गरेको तनहुँका अध्यक्ष भगवान त्रिपाठीले बताए ।