बन्दीपुर र देवघाटका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर र देवघाटका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८२, शुक्रबार

    दमाैली, १६ साउन । तनहुँकाे बन्दीपुर र देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार उनीहरुकाे सरुवा गरेकाे हाे ।

    बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यकाे निर्वाचन आयोग (अन्तर्गत) र देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतको रुपन्देहीको रोहिणी गाउँपालिकामा सरुवा भएकाे छ ।

    देवघाटको प्रमुख प्रशासकीय अधिकृतमा कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट कालिका तिमिल्सिना लम्साल आउने भएकी छन् । बन्दीपुरमा भने मन्त्रालयले केही दिनपछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने जनाइएकाे छ ।