गीतल प्रतिष्ठान तथा नाटक मञ्चको अध्यक्षमा पुन: अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठान तथा नाटक मञ्चको अध्यक्षमा पुन: अधिकारी

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८२, शनिबार

    दमौली, १७ साउन । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार सम्पन्न नवौ साधारणसभा एवम चौथो अधिवेशनबाट पुन: अधिकारीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    अधिवेशनबाट उपाध्यक्षमा दिवाकर भट्टराई र लक्ष्मी तिमल्सिना, सचिवमा माधव प्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा बन्धुराज अधिकारी र सदस्यहरुमा अन्जना तिमिल्सिना, दिव्या काफ्ले, गिता रखाली मगर, दिपक गैरे चयन भएका छन् ।

    कार्यक्रममा कवि अनिल श्रेष्ठले साहित्य क्षेत्रमा तनहुँ सधैं अग्रस्थानमा रहेको बताए। कार्यक्रममा डा.यम बहादुर पौडेल क्षेत्री, गण्डकी वाङ्मय तनहुका अध्यक्ष गौ कुमारी न्यौपाने,प्रलेस तनहुँका अध्यक्ष विकास विक, लेखक सघ तनहुँका अध्यक्ष शंकरराज नहर्की लगायतले मन्तव्य राखेका थिए ।