सिर्जना टोल आमा समूहको अध्यक्षमा रानाभाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिर्जना टोल आमा समूहको अध्यक्षमा रानाभाट

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८२, शनिबार

    दमौली, १७ साउन । व्यास नगरपालिका-३ स्थित सिर्जना टोल आमा समूहको अध्यक्षमा शोभा रानाभाट चयन भएकी छन् । समूहको शनिबार सम्पन्न दशौ साधारणसभा तथा पॉचौ अधिवेशनबाट रानाभाटको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।

    समूहको उपाध्यक्षमा देवी पौडेल, सचिवमा सपना रेग्मी घिमिरे, सहसचिवमा ममता प्रधान, कोषाध्यक्षमा मन्दिरा श्रेष्ठ र सदस्यहरुमा शान्ति श्रेष्ठ, दिलमाया श्रेष्ठ, दिलमाया बराइली, मिना श्रेष्ठ, निर्मला तमाङ र बुद्ध श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक त्रिभुवन श्रेष्ठले जानकारी दिए ।

    समूहका अध्यक्ष सरिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको वडाध्यक्ष अनुप रानाले उदघाटन गरेका थिए । कार्यक्रममा निवर्तमान वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ, टोलका पूर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ, टोलका अध्यक्ष ठाकुर पौडेल लगायतले मन्तव्य राखेका थिए ।