


दमाैली, १८ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको बस दुर्घटनाका घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । ऐनापहरामा रोकिराखेको अवस्थामा व्याक गर्ने क्रममा बस सडकबाट मस्र्याङ्दी नदीतर्फ खसेको थियो । ग २ ख १०७७ नम्बरको बस गोरखाबाट नारायणगढ तर्फ जाँदै थियो ।
दुर्घटनामा घाइते हुनेहरुमा गोरखाको सहिद लखन गाउँपालिका–६ बस्ने ४० वर्षीय सुनु थापा, गोरखा नगरपालिका–९ बस्ने ५४ वर्षीय सनबहादुर गुरुङ, सहिद लखन गाउँपालिका बस्ने ४३ वर्षीया सीता थापा, सोही ठाउँ बस्ने २८ वर्षीया मिना थापा मगर र तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौर बस्ने सात वर्षीय खुसीराम रामदाद रहेको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये एक जनालाई थप उपचारका लागि चितवन पठाइएकाे छ ।
बसकाे अगाडीकाे भाग भासिएकाे र बसले काेही च्यापिएको आशंका रहेकामा क्रेनले बस उचालेर हेर्दा कोही पनि नरहेको पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।