


दमौली, १८ साउन । गोरखाबाट नारायणगढतर्फ जॉदै गरेको बस आइतबार दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा रोकियो । ऐनापहरामा घुमेर नारायणगढतर्फ जानका लागि रोकिएको बस व्याक भएर सडकबाट तल खस्यो ।
बस व्याक हुँदै गर्दा बसमा रहेका आठ जना ओर्लिन सफल भएका थिए । पॉच जना भने बसबाट झर्न भ्याएनन् र घाइते भए ।
ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा पॉच जनामध्ये चार जनाको ऑबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई चितवन पठाइएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा गोरखाको सहिद लखन गाउँपालिका–६ बस्ने ४० वर्षीय सुनु थापा, गोरखा नगरपालिका–९ बस्ने ५४ वर्षीय सनबहादुर गुरुङ, सहिद लखन गाउँपालिका बस्ने ४३ वर्षीया सीता थापा, सोही ठाउँ बस्ने २८ वर्षीया मिना थापा मगर र तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौर बस्ने सात वर्षीय खुसीराम रामदाद रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।