बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८२, सोमबार

    हेटौंडा, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

    केहीबेर अघिमात्रै  नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

    लगत्तै बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

    बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरिएको छ ।