गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८२, सोमबार

    काठमाडौ, १९ साउन । नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ।

    गायिका खत्रीकै लय र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ।

    सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गितमा बढी जोड छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।