


दमौली, १९ साउन । चर्चित नायक पल शाहले तनहुँवासीसँग छुट्टै नाता रहेको बताएका छन् । साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ को प्रचारका लागि सोमबार दमौलीस्थित क्युएफएक्समा पत्रकारसँगको भेटघाटमा शाहले तनहुँवासीले आफूलाई ठूलो सहयोग गरेको बताए ।
उनले भने, ‘तनहुँको माटोले सुखदुखमा साथ दिनुभएको छ । धेरै माया दिनुभाथ्यो, क्युएफएक्स दमौलीमा पहिल्यैदेखि आउन मन थियो । सबैतिर गइराथे दमौलीको हलमा आउन मन थियो । यसपटक त्यो अवसर मिलेको छ ।’
शाहले साउन २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र हेरिदिन आग्रह गरेका छन् ।