


दमौली, २३ साउन । तनहुँको व्यास नगरपालिका -१ स्थित निर्मल माध्यमिक विधालयमा कार्यरत लियो कलब अफ तनहुँ निर्मल अल्फाले दिप प्रज्वलन कार्यक्रम गरि संस्थाको सातौं स्थापना दिवस बिहीबार मनाएको छ।
कार्यक्रम लियो सुरज आलेको अध्यक्षतामा तथा लायन्स डिष्ट्रिक कोडिनेटर कृष्णहरि गौरेको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गर्दै सुरु गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले लियो क्लब अफ तनहुँ निर्मल अल्फा लियो जिल्ला परिषद् ३२५ याल नेपालको एकमात्र लियो अल्फा रहेको उल्लेख गर्दै लियो क्लब अफ तनहुँ निर्मल अल्फाले गरेका विगत र अहिलेका कार्यहरू सम्मान योग्य रहेको उल्लेख गरे।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, जोन १३ का जोन चेयरपर्सन पवित्रा खनाल, लियो क्लब अफ तनहुँका अध्यक्ष रोबिन श्रेष्ठ लगायतको सहभागिता थियो ।
स्थापना दिवसको अवसरमा क्लबले विगतका उपलब्धिहरूको समिक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी सामाजिक र नेतृत्व विकासकाकार्य गर्ने प्रतिबद्धता जनाएको छ।