


दमौली, २३ साउन । ऑबुखैरेनी गाउँपालिका-३ स्थित मुख्य बजारमा शुक्रबार वृहत सरसफाई गरिएको छ । श्रीकृष्ण जन्माष्टमी मेला लाई लक्षित गरी इलाका प्रहरी कार्यालय आँबुखैरेनी, आँबुखैरेनी संस्कृती संरक्षण मञ्चको संयुक्त आयोजनामा वृहत सरसफाई गरिएको हो।
कार्यक्रममा प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधिहरु, आँबुखैरेनी संस्कृति संरक्षण मञ्चका पदाधिकारी, स्थानीय टोल सुधार समितिका प्रतिनिधि, नेपाल भूतपूर्व सैनिक संघ आँबुखैरेनी तनहुँका पदाधिकारी तथा सदस्यहरू, प्रहरी कर्मचारीहरुका साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले ऑबुखैरेनी- २ र ३ अन्तर्गत रहेका श्री सिद्धि गणेश टोल, आँबुखैरेनी चोक, चिसापानी टोल, गोरखा रोड बीच बजार, डाँडा टोल र मनकामना चोक हुँदै गोरखा पुल सम्म क्षेत्रको सफाइ गरेका छन् ।