विद्यार्थी कुटपिट गर्ने गोरखकालीका शिक्षक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यार्थी कुटपिट गर्ने गोरखकालीका शिक्षक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८२, शुक्रबार

    दमौली, २३ साउन । विद्यार्थी कुटपिट गर्ने व्यास नगरपालिका-३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरविन नेपाली रहेका छन्।

    कक्षा आठमा अध्ययनरत तीन विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा नेपालीलाई बिहीबार पक्राउ गरिएको हो । कक्षामा मकै खाएको र सोधेको प्रश्नको उत्तर दिन नजानेको भन्दै उनले संकल्प कंडेल, जुन गुरुङ र रिदम खड्कालाई कुटेका थिए ।