आज विश्व आदिवासी दिवस मनाइदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज विश्व आदिवासी दिवस मनाइदै

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८२, शनिबार

    काठमाडौं, २४ साउन । आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ ।

    संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष विश्वभर आदिवासी दिवश मनाउने निर्णय गरेयता प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने तयारी रहेको छ । 

    संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।