


पोखरा, २८ साउन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गण्डकी प्रदेश कमिटीको तस्रो पूर्ण बैठक “सामाजिक न्याय र पेशागत मर्यादाको लागि स्वास्थ्यकर्मीहरुको एकता, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराको सम्पन्न भएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको केन्द्रीय सदस्यद्वय सिर्जना पण्डित र डा. कृष्ण रेग्मी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हरिलाल आचार्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका सचिवद्वय चन्द्र सुनार र अनुप सिंह क्षेत्री, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका महासचिव भिम राज सिंह, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. सन्तोष पौडेलले बोलेका थिए ।
बैठकमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको गण्डकी प्रदेश भित्रका ११ वटा जिल्ला मध्ये ९ वटा जिल्लाका र गण्डकी प्रदेश कमिटीको प्रतिवेदन र आ.व. २०८२/०८३ को कार्ययोजना पेश भई स्वीकृत भएको छ । साथै उक्त बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरु र महासंघका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्नुका साथै पूर्व पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई सम्मान राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गण्डकी प्रदेश कमिटीका सचिव प्रितम थापाले जानकारी दिए ।