आगामी तीन दिन देशका धेरै ठाँउमा पानी पर्ने, आज राति केही स्थानमा मुसलधारे वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आगामी तीन दिन देशका धेरै ठाँउमा पानी पर्ने, आज राति केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८२, बिहीबार

    काठमाडौ, २९ साउन । देशभर पानी पार्ने प्राणाली सक्रिय भएसँगै धेरै ठाँउहरुमा मुसलधारे पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    हिजो राति पूर्वबाट सक्रिय भएर फैलिएको पानी पार्ने प्रणाली विस्तार हुँदै आज राति देशको धेरै ठाँउहरुमा लगातार मुलधारे पानी पर्ने सम्भावना रहेको मौसम विभागको भनाई छ । 

    आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई स्थानमा लगातार मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

    यसैगरी कर्णाली प्रदेशको पहाडी भूभागमा पनि मुसलधारे पानी पर्ने मौसम विभागको आंकलन छ । कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।