तनहुँको डुम्रेमा दुर्घटना अपडेट – घाइते हुने २१ जना पुगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको डुम्रेमा दुर्घटना अपडेट – घाइते हुने २१ जना पुगे

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८२, बिहीबार

    दमौली, २९ साउन । तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गामा बिहीबार सॉझ भएको दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ जना पुगेको छ। 

    दमौलीबाट मुग्लिनतर्फ जॉदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ०१-००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो दुर्घटना हुँदा बसमा सवार ११ र माइक्रोमा सवार १० गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

    दुर्घटनामा घाइते हुनेमा बा ०१-००६ ख ६५०३ नं. को विद्युतीय माइक्रोका चालक नाम थर वतन नखुलेको, बसमा सवार तनहुँ व्यास-१० बस्ने वर्ष २९ को आशा दरै, २० महिनाकी साइन दरै, लम्जुङ दोर्दी नपा- २ वर्ष ३४ की गीता थापा कुवर, निजको छोरी वर्ष १८ की अंशु कुवर, नवलपरासी सुनौल नपा-६ बस्ने वर्ष २६ को बिशाल लामिछाने, तनहुँको व्यास नपा- १० बस्ने वर्ष २७ को सोम बहादुर परियार, चितवन भरत्तपुर मनपा-११ बस्ने वर्ष ७४ को पर्शुराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । 

    यस्तै कास्की पोखरा मनपा बस्ने वर्ष ४२ को मेख कुमार गुरुङ, म्याग्दी बेनी नपा-८ बस्ने वर्ष ३३ को क्षितिज सेरचन दाईने, कास्की पोखरा मनपा-८ बस्ने २५ की सम्झना ढकाल, म्याग्दी बेनी नपा-८ बस्ने बर्ष ३० की सजिना पुन, चितवन भरतपुर मनपा वर्ष २३ की रचना भण्डारी, कास्कीको पोखरा मनपा- २९ बस्ने वर्ष ४२ को ध्रुवराज सुवेदी, पोखरा मनपा-३२ बस्ने वर्ष ३५ को सचिन दुवा,
    महोतरी चुन्म गापा-१ बस्ने वर्ष २४ को सुवास चन्द्र यादव, नवलपुर बुलिनटार गापा- १ बस्ने बर्ष ३२ की सीता श्रेष्ठ,नवलपुर बुलिनटार गा.पा.-१ बस्ने वर्ष ११ को समीर श्रेष्ठ,धादिङ ज्वालामुखी गापा-५ बस्ने वर्ष ३६ को साने विश्वकर्मा, तनहुँको भानु नपा-६ बस्ने वर्ष ३० की साननानी गुरुङ, लम्जुङ कोलाहसोथर गा.पा.५ बस्ने वर्ष ३८ को बखत बहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । 

    घाइतेहरुको पोखरा मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।